विवादित जिल्लाको अधिवेशनबारे देउवा–शशांक छलफल

काठमाडौँ। पार्टी अधिवेशनबारे विवाद रहेका जिल्लामा अधिवेशन गर्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको छ ।

रक्षामन्त्री तथा कांग्रेस नेता मिनेन्द्र रिजालसहितलाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका  महामन्त्री कोइरालाले देउवासँग महाधिवेशनको प्रक्रिया र तयारीका विषयमा छलफल गरेका हुन् ।

विवादका कारण रसुवा, सर्लाहीलगायत जिल्लाको अधिवेशन  हुन सकेको छैन । कोइराला निकट नेताका अनुसार भेटमा अधिवेशन प्रक्रिया सुरु भएपनि विवाद देखिएका रसुवा सर्लाहीलगायत जिल्लाको अधिवेशन कसरी गराउने भन्नेबारे छलफल भएको हो । साथै  पार्टीका  जनसम्पर्क समितिहरूका विषयमा समेत छलफल भएको ती नेताले बताए । कोइरालाले त्यसअघि चाक्सीबारी पुगेर नेता प्रकाशमान सिंहसँग भेट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *