अर्थमन्त्री शर्मा भन्छन् -

‘केपी ओलीले संविधानलाई कमजोर बनाउन खोजेकाले गठबन्धन बन्यो’

काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का ता जनार्दन शर्माले संविधान कार्यान्वयनलाई कमजोर बनाउन खोजिएको कारण नै बलियो गठबन्धन सरकार निर्माण भएको बताएका छन् ।

पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनलाई केपी ओलीले कमजोर बनाएका कारण नै बलियो गठबन्धन सरकार निर्माण भएको बताएका हुन् ।

उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र संविधानलाई सही ट्र्याकमा ल्याउन माओवादी र अध्यक्ष प्रचण्डले नेतृत्वदायी भूमिका खेलेको जिकिर गरे । शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र मुलुकको समृद्धि नै गठबन्धनको साझा कार्यक्रम भएको बताए ।

उनले मुलुक संघीयतामा गइसकेको अवस्थामा कसैले अब कसैले यसलाई कमजोर पार्न नसक्ने धारणा राखे । मन्त्री शर्माले मुलुकमा भएको परिवर्तनलाई जोगाउनका लागि सकारात्मक भूमिका खेल्न सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *