काठमाडौँ विश्वकै नवौँ ‘प्रदूषित सहर’

काठमाडौँ । काठमाडौँ विश्वकै नवौँ प्रदूषित सहरको सूचीमा परेकोे छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्यु एयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा छ । त्यहाँ वायु गुणस्तर सूचकाङ्क पिएम-२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघण्टा ४०७ माइक्रो ग्राम प्रतिघनमिटर छ । जुन घातक हो ।

नेपालमा पनि यो सूचकाङ्क पाँच सयसम्म नाघ्ने गरेको छ । यद्यपि, शनिवार बिहान १०:३० बजे काठमाडौँमा पिएम-२‍.५ को मात्रा प्रतिघण्टा १६५ सम्म पुगेको आइक्युएरको तथ्याङ्कमा उल्लेख छ ।

यो सूचकाङ्क १५१ नाघेमा अस्वस्थकर मानिन्छ । यस्तै दोस्रोमा भारतको राजधानी नयाँ दिल्ली, तेस्रोमा बंगलादेशको ढाका, चौथोमा भारतकै कोलकाता, पाँचौँमा दक्षिण कोरियाको इनचोनलगायत छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *