बुन्डेस लिगामा बार्यनको दोस्रो हार

काठमाडाैँ । जर्मनीको घरेलु फुटबल लिग बुन्डेस लिगामा शीर्षस्थानको बायर्न म्युनिख अग्सवर्गसँग पराजित भएको छ । घरेलु टोली अग्सवर्गसँग २-१ ले पराजित भएको हो । यो उसको सिजनको दोस्रो हार हो ।

अग्सवर्ग घरेलु मैदानमा जित निकाल्ने क्रममा पहिलो हाफमानै २ गोलको अग्रतादा बनाउन सफल भयो । २३औं मिनेटमा म्याड्स भ्यालेन्टिन पेडेरसिनको गोलबाट अग्रता लिएको उसले ३६औं मिनेटमा आन्द्रे हानले गोलमा अग्रता दोब्बर बनायो । ३८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई खेलमा फर्काउने प्रयास गरे ।

तर त्यसपछि दुबै टीमबाट थप गोल हुन नसक्दा बार्यन पराजित रह्यो । यद्यपि दुबै टीमले दोस्रो हाफमा गोलका राम्रा मौका चुकाएका थिए । जितपछि अग्सवर्ग १२ खेलबाट १२ अंक जोडेर १५औं स्थानमा रहेको छ । पराजित बायर्न १२ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा कायम छ । उसलाई एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डले २४ अंकका साथ पछ्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *