एक खेलअगावै भारतलाई सिरिज: रोहित र राहुलको शतकीय साझेदारी

काठमाडाैँ । पाहुना टोली न्युजिल्यान्ड विरुद्धको तीन खेलको सिरिज भारतले एक खेल बाँकी हुँदै जितेको छ । ३ खेलको टी-ट्वेन्टी सिरिज अन्तर्गत राँचिमा भएको दोस्रो खेलमा भारले ७ विकेटको जित निकाल्दै सिरिज २-० ले आफ्नो नाममा पार्न सफल रह्यो ।

किवि टीमलाई स्तब्ध पार्ने क्रममा भारतका लागि कप्तान रोहित शर्मा र केएल (लोकेश) राहुलको शतकीय साझेदारी सम्भव बनाए । पहिलो विकेटका लागि यी दुई ओपनरले ११७ रनको साझेदारी गरेका थिए । न्युजिल्यान्डले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा शर्माले ६५ रन बनाउँदा राहुलले राहुलले ५५ रनको अर्धशतकिय इनिङ खेले ।

भारतलाई जित दिलाउँदा ऋषभ पन्त र वेंकटेश ऐर समान १२-१२ रनमा अविजित रहे । न्युजिल्यान्डका कप्तान टिम साउदिले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि राँचीमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन मात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि मध्यमक्रमका ब्याटर ग्लेन फिलिप्सले ३४ रन बनाए । त्यसअघि न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र डर्याल मिचेलले पहिले विकेटका लागि ४८ रनको साझेदारी गरे । गुप्टिल ३१ रन बनाएर पेभिलियन फर्किए । त्यस्तै मिचेलले ३१ रन बनाए । न्युजिल्यान्डका मार्क च्यापम्यान २१ रनमा आउट भए । कुनैपनि किवि ब्याट्सम्यानले विस्फोटक इनिङ खेल्न सकेनन् ।

भारतका लागि डेब्यू खेल खेलेका तीव्र गतिका बलर हर्षल पटेलले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार, रविचन्द्रन आश्विन, दीपक चाहर र अक्षर पटेलले १-१ विकेट लिए । यसअघि पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तेस्रो टी-ट्वेन्टी खेल आइतबार कोलकातामा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *