बंगलादेशसँगको टी-ट्वेन्टीमा पाकिस्तान ४ विकेटले विजयी

काठमाडौँ । शृङ्खलाका पहिलो टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ४ विकेटले हराएको छ । १२८ रनको लक्ष्य पाकिस्तानले ४ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्‍याे ।

पाकिस्तानलाई जिताउन फकार जमान र खुशदिल साहले ३४/३४ रन बनाए । सादब खानले १० बलमा नटआउट २१ तथा मोहम्मद नवाजले ८ बलमा १८ रनको आक्रामक योगदान गरे । बंगलादेशका टास्किन अहमदले २ विकेट लिए ।

ओपनरहरु मोहम्मद रिजवान तथा बाबर आजम ७ रनमै आउट भएपछि धर्मराएको पाकिस्तानी इनिङ हैदर अलि र सोइब मलिक शुन्य शुन्य रनमा आउट भएसँगै समस्यामा परेको थियो तर जमान र नवाजले टिमलाई जिततर्फ अग्रसर गराए । अन्त्यतिर साह र महमदले आक्रामक ब्याटिङ गर्दै पाकिस्तानको जित सुनिश्चित गरे ।

पहिले ब्याटिङ गरेको पाहुना टोली बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो । बंगलादेशका आफिफ होसेनले ३६, मेहदी हसनले ३० र नुरुल हसनले २८ रन बनाएका थिए । पाकिस्तानका हसन अलीले ३ तथा मोहम्मद वासिमले २ विकेट लिए ।

पाकिस्तानको भ्रमणमा रहेको बंगलादेशले पाकिस्तानसँग ३ टी–ट्वेन्टी र दुई टेस्ट खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *