ट्र्याक्टर दुर्घटनामा दुई भारतीयको मृत्यु

धनुषा । जिल्लामा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका-७ बेलापट्टी सडक खण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो ।

सो दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्र्याक्टर ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो ।

उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरू सबै भारतीय छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *