सुकुम्वासी बस्तीमा केएमसीले गर्‍यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले काठमाडौँ महानगरपालिका-३१ जागृति टोलस्थित सुकुम्वासी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्वासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा सो बस्तीका ७९४ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १९७ जना बिरामीको रक्त परीक्षण, १७५ जनाको भिडियो एक्स-रे र १६४ जनाको इसीजी गरिएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर निःशुल्क शिविर सञ्चालन गर्ने गरिएको केएमसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *