रामदेव पुगे प्रचण्ड निवास खुमलटार, सीताको स्वास्थ्यलाभको कामना (तस्बिरहरू)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न काठमाडौँ आइपुगेका बाबा रामदेव अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

उनी सहकर्मी आचार्य बालकृष्णका साथमा बेलुका प्रचण्ड निवास पुगेका थिए । रामदेवसहितको टोलीले खुमलटारमा अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीतासहित प्रचण्डका परिवारसँग भेट गरेको हो । रामदेव र आचार्य बालकृष्णले बिरामी रहेकी प्रचण्डपत्नी सीतालाई स्वास्थ्यलाभको कामना गरे ।

रामदेव र बालकृष्ण आचार्य खुमलटार पुगेर सीतालाई स्वास्थ्यलाभ दिएको तस्बिर प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले सामाजिक सञ्जालमा राखेकी छिन् । उनीहरूले पतञ्जली योगपीठले सञ्चालन गर्ने टिभीको उद्घाटन गर्ने कार्यक्रम रहेको भनिए पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

तस्बिर : गंगा दाहाल

प्रतिक्रिया

One thought on “रामदेव पुगे प्रचण्ड निवास खुमलटार, सीताको स्वास्थ्यलाभको कामना (तस्बिरहरू)

  1. प्रचंड मदार चोत हो तलई जनताको रगत बगएर अलिशन महल मा बसनपो हैछ हैन।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *