न्युजिल्यान्डले नखेल्ने भएपछि स्कटल्यान्ड यू-१९ विश्वकपमा

न्युजिल्यान्डले आगामी जनवरी-फेब्रुअरीमा हुने यू-१९ विश्वकपमा सहभागी नहुने जनाएको छ । पहिलो पटक वेस्टइन्डिजमा आयोजना हुने तय भएको यू-१९ विश्वकपमा न्युजिल्यान्डले नखेल्ने जनाएको हो । उसले खेलपछि घर फर्कँदा कोभिड मापदण्ड अत्यधिक कडा बनाइएको भन्दै युवा खेलाडीका लागि त्यो मुश्किल हुने भन्दै प्रतियोगिता नखेल्ने जनाएको हो ।

प्रतियोगिताबाट घर फर्कने समयमा खेलाडीहरूका लागि अनिवार्य क्वारेनटाइन मापदण्ड निकै कडा रहेकाले नाम फिर्ता लिएको आइसीसीले जनाएको छ । क्वारेन्टाइनले खेलाडीहरूलाई असर गर्ने भन्दै न्युजिल्यान्डले यो निर्णय लिएको हो । समूह डीमा रहेको न्युजिल्यान्डले नाम फिर्ता लिएपछि उसको स्थानमा स्कटल्यान्डले मौका पाएको छ ।

वेस्टइन्डिजमा १४ जनवरीदेखि ५ फेब्रुअरीसम्म प्रतियोगिता हुँदैछ । १६ टिमलाई चार समूह बनाएर कुल ४८ खेल खेलाइनेछ । प्रतियोगिता वेस्टइन्डिजका १० मैदानमा हुनेछ । हरेक समूह शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन् ।

कोरोना महामारीका कारण छनोट खेल हुन नसक्दा नेपाल भने प्रतियोगिता पुग्ने अवसरबाट वञ्चित भयो । अघिल्लो नतिजाका आधारमा युएईले विश्वकपले सोझै अवसर पायो । गत संस्करणको उपाधि भारतलाई हराउँदै बंगलादेशको यू-१९ टोलीले जितेको थियो । बंगलादेशका लागि यो विश्वकप इतिहासकै पिहलो ट्रफीका रुपम रह्यो ।

भारत सर्वाधिक सफल
यू-१९ विश्वकपमा भारत सर्वाधिक सफल टीम हो । भारतले सर्वाधिक ४ पटक उपाधि जित्दा अस्ट्रेलियाले ३ पटक तथा पाकिस्तान र इंग्ल्यान्डले २-२ पटक उपाधि जितेका छन् । त्यस्तै दक्षिण अफ्रिका, वेस्टइन्डिज र बंगलादेशले समान १-१ पटक उपाधि जितेका छन् ।

विश्वकप समूह विभाजन
समूह ए : बंगलादेश, इंग्ल्यान्ड, क्यानडा र युएई
समूह बी : भारत, आयरल्यान्ड, दक्षिण अफ्रिका र युगान्डा
समूह सी : अफगानिस्तान, पाकिस्तान, पपुवा न्युगिनी र जिम्बावे
समूह डी : अस्ट्रेलिया, स्कटल्यान्ड, श्रीलंका र वेस्टइन्डिज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *