रोल्पामा बस दुर्घटना‚ चारको मृत्यु

काठमाडौँ । रोल्पामा यात्रुवाहक बस दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दाङबाट रोल्पाको थवाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बस माडी गाउँपालिका २ जलजलास्थित माडी खोलामा खसेको छ । घाइतेलाई सुनिल स्मृति अस्पतालमा पुर्‍याइएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *