प्रधान न्यायाधीशले बोलाए ‘फुलकोर्ट’

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘फुलकोर्ट’ बोलाएका छन् । खासगरी कात्तिक ८ गतेयता सर्वाेच्च अदालतमा देखिएकाे गतिरोध अन्त्यका लागि भन्दै प्रधान न्यायाधीश जबराले फुलकोर्ट बोलाएको सर्वोच्च स्रोतले बताएको छ ।

बैठकमा जबराले हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनबारे निर्णय लिनसक्ने बताइएको छ । दिउँसो २ बजेपछिका लागि बोलाइएको बैठकमा खासगरी वर्तमान समस्या समाधानकै विषयमा छलफल हुनेछ ।

सर्वोच्चमा आन्दोलनरत १३ न्यायाधीशहरू ‘फुलकोर्ट’ बोलाउन तयार भएका थिए । यसपछि प्रधान न्यायाधीश जबराले फुलकोर्ट बोलाएका हुन् । यसअघि नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश जबरालाई शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिए थियो । तर, उनले राजीनामा दिएका छैनन् ।

यसपछि बिहीबार प्रधान न्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै वकिलहरू मूल गेटमा धर्नामा बसेका थिए । यसक्रममा वकिलहरू र प्रहरीबीच घम्साघम्सीसमेत चलेको थियो । त्यस क्रममा १२ जना वकिलहरू घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *