सर्वोच्चकाे समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्छ : माधव नेपाल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अहिले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टीको धनगढीमा प्रादेशिक कार्यालय उद्घाटन कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालतको समस्या छिटो समाधान हुनुपर्ने धारणा राखेका हुन् ।

उनले सर्वोच्चको समस्या समाधानका लागि पाँच दलीय गठबन्धनले पनि साझा धारणा बनाएको बताए । गठबन्धन दलको बैठकले उक्त समस्या छिटो समाधान गर्ने निर्णय पनि गरेको उनले बताए ।

‘हाम्रो पाँच दलको गठबन्धनको बैठकले साझा धारणा बनाएर सर्वोच्च अदालतमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि भएको छ । अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’ अहिले प्रधानमन्त्री चोलेन्द्र शमशेर जबरा भ्रष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नेपाल बारले उनको राजीनामा माग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *