कानून व्यवसायीले अवरोध गर्न खोज्दा प्रहरीले रोक्यो

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रहरीले वकिलहरुमाथि बल प्रयोग गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन बाटो छेक्न खोज्दा उनीहरूमाथि बल प्रयोग भएको हो ।

बल प्रयोगका क्रममा केही बेर प्रहरी र वकिलहरुबीच घम्साघम्सी परेको थियो । अहिले सर्वोच्च अदालत परिसरको स्थिति तनावपूर्ण बनेको छ । यस्तै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना वकिल घाइते भएका छन् । घाइतेहरु हुनेहरुमा प्रकाश महर्जन, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे लगायत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *