जिल्ला सभापतिको उम्मेदवार बन्न ५० हजार शुल्क !

पर्वत । पर्वतमा नेपाली कांग्रेसको जिल्ला सभापति पदमा उम्मेदवारमा उम्मेदवारी दिनेलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । बुधवार सम्पन्न पार्टीको  कार्य समिति बैठकले अधिवेशन खर्च जुटाउन सभापतिका उम्मेदवारलाई ५० हजार रुपैयाँ शुल्क तोकेकाे हाे ।

यद्यपि केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि १० हजार मात्र दर्ता शुल्क निर्धारण गरेको छ । तर, केन्द्रीय निर्वाचन समितिको परिपत्र विपरीत जिल्ला सभापति पदका लागि ५० हजार शुल्क तोकिएको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि २५ हजार शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि १ लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि ५० हजार तोकिएको हो । महाधिवेशन प्रतिनिधिका लागि पनि २५ हजार शुल्क तोकिएको छ ।

यस्तै, क्षेत्रीय सभापतिका लागि १५ हजार शुल्क तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि १० हजार तोकिएको छ । केन्द्रीय निर्वाचन समितिको भन्दा ४० हजार बढी शुल्क तोकिएपछि त्यसको चर्को आलोचना सुरु भएको छ । आर्थिक स्रोत नभएकालाई पार्टीभित्र प्रतिस्पर्धामा आउन नदिन यस्तो निर्णय गरिएको आरोप कार्यकर्ताको छ ।

जिल्ला कार्यसमितिले उम्मेदवारी मनोनयनमा चर्को शुल्क लिने गरेको निर्णय गलत भएको उनीहरूको आरोप छ । यद्यपि जिल्लास्थित केही नेताहरूले उक्त रकम ऐच्छिक भएको बताए । यस्तै दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उम्मेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था नभएको उनीहरूको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *