पाँच न्यायाधीशले भने- प्रधान न्यायाधीशको बहिर्गमनको पक्षमै छौँ

काठमाडौँ । सुनुवाइमा फर्किएका पाँच न्यायाधीशहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको पक्षमा रहेको बताएका छन् । आफूहरू नेपाल बार र अन्य न्यायाधीशहरूसँगै रहेको भन्दै उनीहरूले प्रधान न्यायाधीश जबराको राजीनामाको पक्षमा आफूहरू रहेको बताएका हुन् ।

नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसँग बुधबार भएको भेटमा न्यायाधीशहरू तेजबहादुर केसी, कुमार चुडाल, कुमार रेग्मी, मनोज शर्मा र बमकुमार श्रेष्ठले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने ठानेर आफूहरू चिन्तित भएको बताएका छन् ।

नागरिकको मुद्दा सुनुवाइ नगर्दा उनीहरूप्रति अन्याय गरेको महसुस भएकाले केही सीमित मुद्दा सुनुवाइ गर्न थालेको उनीहरूीले बताएका छन् ।

उनीहरूले आफूहरु पनि प्रधानन्यायाधीश राणाको बर्हिगमनकै पक्षमा रहेको प्रतिबद्धता दोहोर्‍याउँदै लामो समय मुद्दाको सुनुवाइ नहुँदा जनतालाई सास्ती भएकाले सांकेतिक रुपमा सुनुवाइमा फर्किएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *