हिमालयन शेर्पालाई नेपाल आइसको प्रायोजन

काठमाडौँ । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सिजी ब्रुअरीको नेपाल आइसले हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजन गर्ने भएको छ ।

मंसिर ३ गतेदेखि दशरथ रंगशालामा सुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको मुखैमा एक वर्षका लागि क्लबको मुख्य प्रायोजक नेपाल आइस बनेको हो । योसँगै अबदेखि क्लबको नामसमेत ‘नेपाल आइस हिमालयन शेर्पा क्लब’ रहनेछ । यसैगरी क्लबलाई ‘केटीएम सिटी’ले किट प्रायोजन गर्ने भएको छ ।

आज दशरथ रंगशालामा आयोजित पत्रकार सम्मलेनमा नेपाल आइस र किट प्रायोजक केटीएम सिटीसँग क्लबले सम्झौता गरेको हो । सम्झौता पत्रमा क्लबका कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र सिजी ब्रुअरीका तर्फबाट प्रदीप पुडासैनीले हस्ताक्षर गरेका छन् ।

२०६२ सालमा ए डिभिजन लिगमा बढुवा भएको हिमालयन शेर्पा क्लबले आसन्न लिगमा आफ्नो पहिलो खेलअन्तर्गत शनिबार संकटा क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *