कतार एयरवेजसँग एन्फाले गर्‍यो प्रायोजन सम्झौता

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको मुख्य प्रायोजक कतार एयरवेजले निरन्तरता पाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फाले एक वर्षका लागि सम्झौता गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एरवेजका एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

एयरवेजले लिग प्रायोजनस्वरूप एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर अर्थात करिब १ करोड ८० लाख नेपाली रुपैयाँ प्रदान गर्नेछ । एन्फाले गत संस्करणकै रकममा यसपटक पनि सम्झौता गरेको हो । अघिल्लो सिजन मच्छिन्द्र क्लबले लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै लिग उपाधि जितेको थियो ।

एन्फा अध्यक्ष शेर्पाले अर्को वर्ष पनि सम्झौतालाई थप वृहत् बनाउँदै निरन्तरता दिने आशा राखे । उनले भने‚ ‘हामीले यस सिजन पुरानै सम्झौतालाई निरन्तरता दियौँ । अर्को सिजन सम्पूर्ण लिग समेटेर वृहत् सम्झौता गर्नेछौँ ।’ उनले ५ लाख डलर बराबरको सम्झौता गर्ने लक्ष्य रहेको बताए ।

कन्ट्री म्यानेजर इमामले लिगको प्रायोजन गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने‚ ‘हामी एन्फालाई धन्यवाद दिन चाहन्छौँ । पुनः एकपटक प्रायोजनको अवसर दिएकोमा ।’ ए डिभिजन लिग शुक्रबारबाट सुरु हुँदैछ । एन्फाले यसपटक साताको अन्त्यमा खेल राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *