पेस्तोलसहित एक जना पक्राउ

रुपन्देही । रुपन्देहीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित २८ वर्षीय सन्दिप थापा पक्राउ परेका हुन् ।

पेस्तोल लिएर हिँडिरहेका उनलाई मंगलबार राति पक्राउ गरेको प्रहरी चौकी चिल्हियाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *