युगान्डाको संसद् बाहिर आत्मघाती हमला, ३ जनाको मृत्यु

काठमाडौँ । युगान्डाको संसद् भवन र प्रहरी मुख्यालयमा आत्मघाती हमलामा कम्तीमा ३ जनाको मृत्यु भएको छ । भने ३० जना घाइते भएका छन् ।  उक्त विस्फोट ३ मिनेटको अन्तरमा भएका थिए ।

ज्यान गुमाउनेमा प्रहरी समेत छन् । घाइतेको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि शरीरका टुक्राहरू यत्रतत्र छरिएका अवस्थामा भेटिएका छन् ।ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् ।

चरमपन्थी संगठन इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ । मोटरसाइकलमा आएका तीन हमलाकारीले संसद् र प्रहरी मुख्यालयलाई निशाना पारेर विष्फोट गराएका थिए ।

अहिले पनि सहरका विभिन्न क्षेत्रमा बम फेला परिरहेको पनि प्रहरीले जनाएको छ । यस्तै विस्फोटपछि संसद् भवनको बाहिर पार्किङ गरिएका सांसदहरूका गाडीमा आगो लागेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *