नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड विश्वकपमा

काठमाडौँ । नेदरल्यान्डले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ । युरोपियन छनोट अन्तर्गत समूह ‘जी’ मा नर्वेमाथि अन्तिम समयमा २-० को जित निकाल्दै नेदरल्यान्डले विश्वकपमा स्थान पक्का गर्‍यो ।

२०१८ को विश्वकपमा छनोट हुन असफल रहेको नेदरल्यान्डले कतार विश्वकप छनोटको अन्तिम चरणमा छनोटमा स्थान बनायो । डच टीमले यो पटक समूहमा १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा रहन सफल भयो । मंगलबार भएको खेलमा नेदरल्यान्डसको जितमा स्टेभिन बर्जविन र मेम्फिर डिपेले समान एक गोल गरे । यसअघि टर्कीले मोन्टेनेग्रोमाथि २-१ को जित हात पारेपछि नेदरल्यान्डमाथि जित निकाल्नै पर्ने दबाब थियो ।

यद्यपि अधिकांश समय गोलरहित बराबरीमा रहेको खेलमा ८४औं मिनेटमा बर्जविनले नेदरल्यान्डस्का लागि गोल खडेरी टार्दै टीमलाई अग्रता बनाएका थिए। इन्जुरी समयमा डिपेले नेदरल्यान्डस्को अग्रता दोब्बर पारेपछि टर्कीलाई पछि पार्दै नेदरल्यान्ड छनोट हुन सफल रह्यो । १० खेलबाटै २१ अंक जोडेको टर्की दोस्रो स्थानमा रह्यो ।

टर्कीले कतार विश्वकपमा स्थान बनाउन अब प्लेअफ पार गर्नु पर्नेछ । यता नर्वे भने सन् १९९८ पछि विश्वकपकपमा छनोट हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *