अमेरिकी सहायकमन्त्री लु आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला सम्बद्ध सहायकमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउन लागेका हुन् ।

उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने बताइएको छ । भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *