अर्जेन्टिना र ब्राजिलको बराबरी

काठमाडौँ । फिफा विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेल्दै अंक बाडेका छन् । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेको हो ।

अर्जेन्टिनाको घरेलु मैदानमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ भने अर्जेन्टिनाको १३ खेलमा २९ अंक छ । अर्जेन्टिना समूहको दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानको ब्राजिल यसअघि नै कतार विश्वकपमा छनोट भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *