राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक छनौटका लागि पाँच सदस्यीय समिति गठन

काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकको छनौटका लागि कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको नेतृत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरेको छ ।

मंगलबार बसेको बोर्ड बैठकले मल्लको नेतृत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, रौनकबहादुर मल्ल, विनोद दास र आइसीसीका एक प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरेको हो ।

यसका साथै बैठकले प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुसभित्र सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।

कार्यवाहक सचिव मल्लद्वारा जारी विज्ञप्तिमा क्यानको विधानअनुससार ४ वर्षे कार्यकाल समाप्त भएका र समाप्त हुने जिल्लाहरूमा अधिवेशन पनि माघ ७ गतेभित्र गरिसक्ने निर्णय भएको उल्लेख गरिएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *