२०२४ को विश्वकपमा अमेरिका सह-आयोजक

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २०२४ देखि २०३१ सम्म विश्वमा हुने ठुला क्रिकेट इभेन्टको आयोजकको टुङ्गो लगाएको छ । यो पाँच वर्षमा ४ टी-२० विश्वकप दुई च्याम्पियन्स ट्रफी र दुई एकदिवसीय विश्वकप आयोजना हुनेछ ।

मुख्य रुपमा एसोसिएटेड सदस्यका रुपमा रहेको अमेरिका २०२४ को टी-२० विश्वकपको सह-आयोजकका रुपमा रहनेछ । त्यस्तै पाकिस्तानलाई २०२५ को च्याम्पियन ट्रफीको आयोजनाको जिम्मेवारी दिइएको छ । पाकिस्तानले १९९६ को एकदिवसीय विश्वकपपछि आईसीसीको महत्वपूर्ण इभेन्टको आयोजनाको अवसर पाएको हो ।

त्यस्तै च्याम्पियन्स ट्रफी २०२९ को आयोजनाको जिम्मेवारी भने भारतले प्राप्त गरेको छ । साथै भारतले २०२६ को विश्वकप पनि श्रीलंकासँग मिलेर गर्न पाउनेछ । साथै भारतले नै २०३१ को एकदिवसीय विश्वकप बंगलादेशसँग मिलेर आयोजना गर्न पाउने आईसीसीले निर्णय गरेको छ ।

बाँकी दुई टी-२० विश्वकप भने अस्ट्रेलिया र न्युजिल्यान्डले २०२८ मा आयोजना गर्दा २०३० को विश्वकप इंग्ल्यान्ड, आयरल्यान्ड र स्कल्यान्डमा हुनेछ । त्यस्तै २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने तय भएको छ ।

२०२४ देखि ०३१ सम्म मुख्य प्रतियोगिता र आयोजक

– २०२४ टी २० विश्वकप : युएसए र वेस्टइन्डिज

– २०२५ च्याम्पियन्स ट्रफी : पाकिस्तान

– २०२६ टी-२० विश्वकप : भारत र श्रीलंका

– २०२७ एकदिवसिय विश्वकप : नामिबिया, जिम्बाब्वे र दक्षिण अफ्रिका

– २०२८ टी-२० विश्वकप : अस्ट्रेलिया र न्युजिल्यान्ड

– २०२९ च्याम्पियन ट्रफी : भारत

– २०३० टी-२० विश्वकप : इंग्ल्यान्ड, आयरल्यान्ड र स्कटल्यान्ड

– २०३१ एकदिवसिय विश्वकप : भारत र बंगलादेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *