ज्ञानु राणालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ । साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । रसियन कल्चर सेन्टरमा एक समारोहका बीच सम्पन्न अवार्ड कार्यक्रम सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।

अवार्ड समारोहमा गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैङ्कका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उनलाई सम्मान गरेका थिए ।

त्यस्तै विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान आठ हजार ८४८ रुपैयाँसहित सम्मान गरिएको थियो भने सगरमाथा कला पत्रकारिता सम्मान हिमालय टाइम्स दैनिकका कृष्ण भुसाल, टिभी फिल्मीका विष्णु सुवेदी, म्युजिक खबरका सुमन पण्डित र शिवराम भण्डारीलाई प्रदान गरिएको थियो । कार्यक्रममा गायिका रमिला न्यौपाने, प्रकाश दूतराज, निशु झा, डब्बु क्षेत्री, लोकराज अधिकारी, सुरेन्द्र महर्जन, रञ्जना कार्की, दुर्गा काफ्ले, गोविन्द कँडेल, माधव खरेल लगायतलाई सम्मान गरिएको थियो ।

समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भाव गायक नितिन गजुरेललाई ‘म जन्मेको देश’बाट अवार्ड प्रदान गरिएको थियो भने ‘नेपाल आमा’गीतबाट टेक तामाङलाई गीतकारको अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *