कानुन व्यवसायी भन्छन्- प्रधान न्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी रहन्छ

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै आन्दोलनमा सहभागी कानुन व्यवसायीहरूले जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन् ।

मंगलबार कानुन व्यवसायीहरूद्वारा सर्वोच्च परिसरमा गरिएको प्रदर्शनका क्रममा वरिष्ठ अधिवक्ता सविता बरालले प्रधान न्यायाधीशका कारण न्याय प्रक्रियामा अवरोध भइरहेको भन्दै आन्दोलन गरेर आफूहरू नथाकेको बताइन् ।

बारको आन्दोलनमा वाईसीएल घुसेको भन्ने गृहमन्त्री बालकृष्ण खाँणको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बरालले प्रश्न गरिन्‚ ‘कृष्णप्रसाद भण्डारी, दमननाथ ढुङ्गाना र कमल कोइराला वाईसीएल हुन् ?’

केही दिनदेखि प्रधान न्यायाधीश जबराको राजीनामाको माग गर्दै कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *