विप्लवका कार्यकर्ताद्वारा ललितपुरमा साझा बस तोडफोड

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरूले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् ।

बन्दलाई कडा बनाउन उनीहरूले उक्त बसमा तोडफोड गरेका हुन् ।

ललितपुरको इटी चोकमा रहेको बा ५ ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताले तोडफोड गरेका छन् ।

काठमाडौँ र ललितपुरबाट बन्द गराउने तथा तोडफोड गर्ने कार्यमा संलग्न विप्लव नेतृत्वको नेकपाका २२ जना कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *