नेपाली महिला क्रिकेट टीम पहिलो टी-ट्वेन्टी सिरिज खेल्दै

काठमाडाैँ । लामो समय पछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाली राष्ट्रिय महिला टीमले पहिलो पटक अन्तर्राष्ट्रिय टी-ट्वेन्टी सिरिज खेल्दै छ । कतारसँग नेपालले तीन खेलको टी-ट्वेन्टी सिरिज खेल्ने कार्यतालिका रहेको छ । जसमा नेपालले पहिलो खेल आज खेल्दै छ ।

आइसिसी वुमन्स टी-ट्वेन्टी एसिया छनोटको तयारीमा रहेको नेपाल कतारसँगको खेलपछि युएई प्रस्थान गर्ने छ । मुख्य रूपमा नेपालले विश्वकप छनोटको ढोकाका रूपमा रहेको टी-२० एसिया छनोटमा भुटान, हङकङ, कुवेत, मलेसिया र युएईसँग राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छ । शीर्ष स्थानमा रहने टीमले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको लागि हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ ।

कतारसँग भने नेपालको यो मैत्रीपूर्ण सिरिज हो । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुने छ। राष्ट्रिय महिला टिमले करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पोखरामा अन्तर्राष्ट्रिय टीमसँग प्रतिस्पर्धा गरेको थियो । त्यसयता नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

कतारसँगको सिरिजपछि नेपाली टिम ३ मङ्सिर मा युएईतर्फ लाग्ने कार्यक्रम छ । जहाँ नेपालले आइसिसी वुमन्स टी-२० एसिया छनोटका खेल खेल्ने कार्यक्रम रहेको छ । छनोटमा नेपालले पहिलो खेलमा ६ मङ्सिर मा हङकङसँग प्रतिस्पर्धा गर्दा ७ मङ्सिर मा भुटान र ९ मङ्सिर मा कुवेतसँग प्रतिस्पर्धा गर्ने कार्यपालिका रहेको छ । त्यस्तै १० मङ्सिर मा मलेसिया र १२ मङ्सिर मा युएईसँग प्रतिस्पर्धा गर्ने कार्यपालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *