बन्दमा यस्तो देखियो काठमाडौँको सडक (तस्बिरहरू)

काठमाडाैँ । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौँमा पनि न्यून परेको छ ।

उपत्यकाबाहिर केही ठाउँमा प्रभाव देखिए पनि काठमाडौँमा भने बन्दको प्रभाव सामान्य परेको हो ।

बिहानैदेखि सडकमा सार्वजनिक सवारीहरू चलिरहेका छन् । यद्यपि पहिलेको तुलनामा केही कम चलेका देखिन्छन् ।

चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *