युरो च्याम्पियन इटालीलाई पछि पार्दै स्वीट्जरल्यान्ड विश्वकपमा

काठमाडौँ । कतार विश्वकप २०२२ का लागि जारी युरोपियन छनोटमा युरो च्याम्पियन इटाली सोझै छनोट हुन असफल भएको छ । अर्को वर्ष आयोजना हुने फिफा विश्वकपका लागि इटालि रहेको समूह ‘सी’ बाट स्विटजरल्यान्ड छनोट भएको छ ।

विश्वकपमा सोझै छनोट हुन जित निकाल्दै पर्ने खेलमा इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो । यता आफ्नो खेलमा स्वीट्जरल्यान्डले भने बुल्गेरियालाई ४-० ले पराजित गर्‍यो । अब इटालीले विश्वकपमा स्थान बनाउन मार्चमा हुने प्ले अफ खेल्नुपर्ने छ ।

नर्दन आयरल्यान्डलाई उसकै मैदानमा इटालीले बल पोसेसन राख्दै लगातार दबाब सिर्जना गरेपनि घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा इटाली बराबरीमा रोकिन बाध्य बन्यो । यही समूहको अर्को खेलमा स्वीट्जरल्यान्डले बुल्गेरियालाई ४-० ले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको छ ।

बराबरीमा रोकिएको इटालीले ८ खेलबाट १६ अंक जोड्यो । शीर्षस्थानको स्वीट्जरल्यान्डले १८ अंक जोड्यो । नर्दन आयरल्यान्ड ९ अंक जोडेर तेस्रो स्थानमा रहँदा बुल्गेरिया ८ अंक जोडेर चौथो स्थानमा रह्यो । लिथुआनिया ३ अंक जोडेर पुछारमा रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *