प्रदेश १ मा बन्दको प्रभाव न्यून

विराटनगर । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रदेश १ मा खासै प्रभाव देखिएको छैन । लामो दुरीका सवारीहरू छिटपुट चलेको तथा छोटा दुरीका सवारीहरू चलिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

झापा मोरङ र सुनसरीमा बन्दको न्यून प्रभाव देखिएको छ । औद्योगिक क्षेत्रमा खासै प्रभाव परेको छैन । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राईले प्रदेश १ मा बन्दको प्रभाव सामान्य रहेको बताए । स्थानीय रुटको सवारीमा खासै प्रभाव नदेखिए पनि लामो रुटका सवारी भने कमै मात्रामा चलेको बताए ।

औद्योगिक क्षेत्रमा चल्ने सबै सवारी निर्बाध चलेका छन् । यो समाचार तयार पार्दासम्म प्रदेश १ मा कुनै घटना नभएको प्रहरीले जनाएको छ । तर विद्यालय भने बिदा दिएको छ । निजी तथा सामुदायिक विद्यालयले विद्यार्थीलाई नआउन भनेका छन् ।

यो पनि : यस्तो देखियो ‘विप्लव’को बन्दको प्रभाव (तस्बिरहरू)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *