कार्तिक ३० गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. कार्तिक ३०, २०७८ । ई.सं. १६ नाेभेमुबर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । राक्षस, दक्षिणायन, शरद । मंगलबार कार्तिक शुक्लपक्ष । तिथि- द्वादशी, ९:२० बजे उप्रान्त त्रयोदशी । नक्षत्र- रेवती, २२:०० बजे उप्रान्त अश्विनी । योग- सिद्धि, २८:०७ बजे उप्रान्त व्यतीपात । करण- वालव ९:२० बजेदेखि कौलव, २१:४४ बजे उप्रान्त वव । चन्द्रराशि मीन । आनन्दादि योग शुभ । दिनमान २६।४७ । सूर्योदय ६:२६ । सूर्यास्त १७:०९ । ध.पञ्चक स.२२:००, प्रदोषव्रत, मन्वादि, चाँगुनारायण अखण्डदीपदर्शन, रुरुरिडीक्षेत्रमा ऋृषीकेशरथयात्रा रामेछाप सुनकोशी कीनार बिश्वमित्रगुफा गायत्री प्रादुर्भाव दिवस ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेको कार्य बाट कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । धार्मिक कार्यमा मन पनि लाग्नेछ, तर खर्च पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ रोजगारको अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *