कप्तान मल्लसहित चार खेलाडीसँग क्यानले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण सोधेको छ ।

खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै एक मिडियामा अभिव्यक्ति दिएका कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो ।

क्यानले आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन समय तोकेको छ ।

गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले भिडियोमार्फत राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *