निर्वाचन आयोगको दबाबपछि मात्रै पार्टी महाधिवेशन गर्न तयार भएको हो : गगन
२०७८ कार्तिक २९ गते

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन आयोगको दबाबपछि मात्रै पार्टी महाधिवेशन गर्ने अवस्थामा पुगेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले निर्वाचन आयोगले दबाब दिएपछि महाधिवेशन हुने भएकाले विश्वस्त हुन आग्रह गरेका हुन् ।
‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन । निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौँ होला,’ उनले भने, ‘यो सामूहिक क्षयीकरणको प्रमाण हो । हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौँ ।’
उनले पटकपटक महाधिवेशन सरेकाले महाधिवेशन नहुने हो कि भन्ने शंका अब निवारण भएको बताउँदै नेता थापाले आइतबारको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएको बताए ।
२०७८ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








