प्रधान न्यायाधीशसँग वार्तामा बस्दैनौँ : कानुन व्यवसायी

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै आएका आन्दोलनरत कानुन व्यवसायीहरूले प्रधान न्यायाधीश जबराले वार्ताका लागि राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएर प्रधान न्यायधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउन खोजेपछि एक वक्तव्य जारी गरी प्रधान न्यायाधीश जबराले संवादमा आउन आग्रह गरेका थिए ।

आन्दोलनरत पक्षले भने प्रधान न्यायाधीशसँग वार्ता हुन नसक्ने भन्दै तुरुन्त राजीनामा दिन आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसन आन्दोलनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *