आन्दोलनरत कानुन व्यवसायीसँग परामर्शमा न्यायाधीश

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरूले प्रधान न्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरूसँग परामर्श थालेका छन् ।

प्रधानन्यायाधीश जबराले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि आह्वान गरेपछि असन्तुष्ट न्यायाधीशहरूले आन्दोलनरत नेपाल बार एसोसियसन र सर्वोच्च बारका पदाधिकारीसँग परामर्श थालेका हुन् ।

प्रधान न्यायाधीश जबराको राजीनामाको माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने बार एसोसियसनले धर्ना र प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *