सर्वोच्च परिसरभित्र आज पनि घम्साघम्सी

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज पनि प्रदर्शन गरेका छन् । कानून व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध शुरु गरेर सर्वोच्च परिसरभित्र प्रदर्शन गरेका थिए ।

सो क्रममा सर्वोच्च अदालत परिसरभित्र प्रहरी र वकिलहरुबीच केहीबेर घम्साघम्सी भएको थियो । नेपाल बार एसोसिएसनको कार्यालयबाट सर्वोच्च अदालत छिर्ने क्रममा वकिलहरूलाई प्रहरीले रोक्न खोज्दा केहीबेर घम्साघम्सी भएको हो । वकिलहरूलाई अदालत परिसरबाट मुख्य गेट अगाडी धर्ना दिन जाने क्रममा प्रहरीले रोक्न खोजेको थियो ।

नेपाल बारको अगुवाइमा आन्दोलनरत कानून व्यवसायीहरूले भने आफूहरूको आन्दोलन बिथोल्न प्रधान न्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरू प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *