अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

काठमाडाैँ । अस्ट्रेलियाले आइसिसी टी-ट्वेन्टी विश्वकपको उपाधि जितेको छ । पहिलो पटक टी-ट्वेन्टी विश्वकपको उपाधि जित्ने क्रममा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्‍यो । यसअघि अस्ट्रेलियाले २०१० मा विश्वकपको फाइनलमा स्थान बनाएको थियो ।

आइतबार दुबईमा भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दा अस्ट्रेलियन ब्याट्सम्यानहरूले सानदार इनिङ खेले । यो छोटो संस्करणको पहिलो उपाधि जित्ने क्रममा ओपनर डेभिड वार्नर र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका मिचेल मार्शले करिअरकै सानदार अर्धशतकीय इनिङ खेले । यसअघि न्युजिल्यान्डले टस हारेर पहिलो ब्याटिङ गर्दे केन विलियमसनको सानदार अर्धशतकीय इनिङको मद्दतमा १७३ रनको लक्ष्य दिएको थियो । जवाफमा उक्त लक्ष्य अस्ट्रेलियाले ७ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

अस्ट्रेलियाका लागि वार्नरले ३८ बलमा ५३ रन बनाएका थिए । उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान एरोन फिन्च ५ रनमानै आउट भएपछि क्रिजमा आएका मिचेल मार्शले वार्नरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए। साथै मार्शले तेस्रो विकेटका लागि ग्लेन म्याक्स्वेल सँग पुन २५ रनको साझेदारी गरेका थिए । मार्शले ५० बलमा ७७ रनको सानदार अविजित इनिङ खेलेका थिए । उनले आफ्नो इनिङमा ६ छक्का र ४ चौका प्रहार गरे । उनलाई म्याक्सवेलले १८ बलमा २८ रन बनाएर अविजित साथ दिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिनु बाहेक अन्य कुनै पनि बलर गतिलो प्रदर्शन गर्न सकेनन् ।

विलियमसनको अर्धशतकले जोगिएन न्युजिल्यान्ड
यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले सानदार इनिङ खेलेका थिए । पहिलो १० ओभरमा केवल ५७ रन बनाएको न्युजिल्यान्डका लागि विलियमसनले विस्फोटक इनिङ खेलेपछि प्रतिस्पर्धात्मक लक्ष्य दिन किवि टीम सफल रह्यो ।

न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन तयार गरेको थियो । उसका लागि कप्तान केन विलियमसनले सानदार इनिङ खेलेका थिए । उनले ४८ बलमा ८५ रनको स्कोर बनाएका थिए । उनले १० चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ओपनर मार्टिन गुप्टिलले ३५ बलमा २८ रन बनाएर आउट हुँदा अर्का ओपनर डर्‍याल मिमचेल ११ रनमा आउट भए । धिमा सुरुवात गरेको न्युजिल्यान्डलाई कप्तान विलियमसनले सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । न्युजिल्यान्डका लागि थप रनका रूपमा ग्लेन फिलिपले १८ रन बनाउँदा जेम्स निसम १३ तथा टीम सेइफर्टले ८ रन बनाएर अविजित रहे । अस्ट्रेलियाका लागि जोस हेजलउडले ३ विकेट लिँदा एडम जाम्पाका नाममा १ विकेट रह्यो ।

१४ वर्षको प्रतीक्षा पूरा
जब-जब अस्ट्रेलियाको क्रिकेट टीमको चर्चा हुन्छ तब-तब १९९० तथा २००० का दशकको याद ताजा हुने गर्छ । यो समयमा अस्ट्रेलियाको खेल सर्वाधिक उच्च कोटीको हुने गरेको थियो । अस्ट्रेलियाले आईसीसीका मुख्य उपाधिमा पटक जमाएकै हुन्थ्यो । एक पछि अर्को गर्दै कङ्गारु टीमले धेरै ट्रफि जित्यो । अस्ट्रेलिया विश्वको एकमात्र यस्तो टीम बन्यो । जसले ३ पटक एकदिवसिय विश्वकप जित्दै ह्याट्रिक गर्‍यो ।

उक्त समय यस्तो थियो कि विपक्षी टीम अस्ट्रेलिया भन्ने साथ रक्षात्मक बनिहाल्थे । १९९९,२००३, २००७ मा टीमले एकदिवसिय विश्वकप जित्दै ह्याट्रिक पुरा गर्‍यो । तर जब टी-ट्वेन्टी फर्म्याटले क्रिकेट जगतमा पाइला राख्यो । अस्ट्रेलियाको बलियो विरासत कमजोर हुन पुग्यो । २००७ बाट सुरू भएको टी-ट्वेन्टी विश्वकप २०१६ सम्म आइपुग्दा ६ संस्करण आयोजना भइसक्यो । अस्ट्रेलियाको टीम केवल एक पटक २०१० मा फाइनलमा पुगेको थियो । तर इंग्ल्यान्डले उसको सपना पूरा हुन दिएन । त्यसको ठिक १० वर्षपछि उसले यो उपलब्धि हासिल गर्दै लामो प्रतीक्षाको अन्त्य गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *