विलियमसनको विष्फोटक इनिङमा अस्ट्रेलियालाई १७३ लक्ष्य

युएईमा जारी टी-२० विश्वकप फाइनलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पहिलो १० ओभरमा केवल ५७ रन बनाएको न्युजिल्यान्डका लागि विलियमसनले विष्फोटक इनिङ खेलेपछि गतिलो लक्ष्य दिन सफल रह्यो।

टस हारेर पिहलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन तयार गरेको थियो। उसका लागि कप्तान केन विलियमसनले विष्फोटक इनिङ खेलेका थिए।

उनले ४८ बलमा ८५ रनको स्कोर बनाएका थिए। उनले १० चौका र ३ छक्का प्रहार गरे। त्यस्तै ओपनर मार्टिन गुप्टिलले ३५ बलमा २८ रन बनाएर आउट हुँदा अर्का ओपनर डर्या्ल मिमचेल ११ रनमा आउट भए। धिमा सुरूवात गरेको न्युजिल्यान्डलाई कप्तान विलियमसनले समानजनक स्कोरमा पुर्यामएका थिए।

न्युजिल्यान्डका लागि थप रनका रुपमा ग्लेन फिलिपले १८ रन बनाउँदा जेम्स निसम १३ तथा टीम सेइफर्टले ८ रन बनाएर अविजित रहे।

अस्ट्रेलियाका लागि जोस हेजलउडले ३ विकेट लिंदा एडम जाम्पाका नाममा १ विकेट रह्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *