अस्ट्रेलिया र न्युजिल्यान्ड : को बन्ला नयाँ विश्व च्याम्पियन ?

युएईमा जारी टी-२० विश्वकपमा आज ७:४५ मा न्युजिल्यान्ड र अस्ट्रेलियाबीच टी-२० विश्वकपको फाइनल हुँदैछ । टी-२० विश्वकप इतिहासका पछिल्ला ६ संस्करणमा यी दुई टीमले उपाधि जित्न सकेका छैनन् । त्यसैले दुवै टीम पहिलो पटक टी-२० विश्वकपको उपाधिको दौडमा रहँदा फाइनल रोचक हुने आकलन छ ।

न्युजिल्यान्ड पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गर्दा अस्ट्रेलियाले दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो । त्यसैले दुईमध्ये जसले जिते पनि यो विश्वकपले नयाँ नयाँ च्याम्पियन पाउनेछ । त्यसो त २००७ यता सुरू भएको यो छोटो फर्म्याटको विश्वकपमा सुरुवातबाटै दुवै टीम दाबेदार हुन्‚ तर १४ वर्षमा दुवै टीमले यो उपलब्धिका लागि हरेक पटक संघर्ष गर्नुपरेको छ । दुवै टीम आ-आफ्नो समूहको उपविजेताका रुपमा नकआउटमा प्रवेश गरेका थिए ।

सेमिफाइनलमा दुवै टीमले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दा दाबेदार पाकिस्तान र इंग्ल्यान्डलाई सेमिफाइनलबाट घर फर्काउन सफल रहे ।

एकदिवसीयको निरासा हटाउने अवसर
पछिल्लो पटक विश्व क्रिकेटमा न्युजिल्यान्डको उपस्थिति जबर्जस्त छ । केहि समयअघि टेस्ट च्याम्पियनसिपको उपाधि जितेको न्युजिल्यान्ड यो छोटो फर्म्याटमा पनि आफ्नो रवाफ कायम राख्न चाहन्छ । न्युजिल्यान्डले २०१५ यता भएका आईसीसी प्रतियोगिताका महत्वपूर्ण भिडन्तमा पाँचौं फाइनल खेल्न लागेको छ । उसले २०१९ को एकदिवसीय विश्वकपमा फाइनलमा सनसनीपूर्ण पराजय भोगेको थियो । रोमाञ्चक फाइनलमा निर्धारित ओभर बराबरी भएपछि क्रिकेट इनिहासमा नै सुपर ओभरसमेत बराबरी भएको थियो । त्यसपपछि बाउन्ड्रीका आधारमा एकदिवसीय ट्रफी इंग्ल्यान्डले जित्यो । त्यसपछि आईसीसीले निर्णय नभएसम्म सुपर ओभर खेल्नुपर्ने नयाँ नियम नै बनाउनु परेको थियो ।

त्यसैले न्युजिल्यान्डका लागि दुर्भाग्यपूर्ण बनेको एकदिवसीय विश्वकपको फाइनल भुलाउन यो टी-२० प्रतियोगिता महत्वपूर्ण हुनेछ । त्यसैले किवि टीम विश्वकप ट्रफीको खुसि फर्काउँदै विगत भुल्न चाहन्छ ।

असफल्ताको दाग मेटाउने अस्ट्रेलियाको प्रयास
एकदिवसीय विश्वकपमा सनसनिपूर्ण प्रदर्शन गर्दै आएको कंगारू टोली भने टी-२० फर्म्याटमा अभागी रहँदै आएको छ । अस्ट्रेलियाको टीमले एकपटक पनि टी-२० विश्वकप जितेको छैन । तर उसको नाममा सर्वाधिक एकदिवसिय विश्वकप उपाधि जितेको कीर्तिमान छ । एकदिवसीयमा १९८७ मा पहिलो पटक एलन बोर्डरको कप्तानीमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दे उपाधि जितेको थियो ।

त्यसपछि १९९९ मा स्टीव बाँ तथा २००३ र २००७ मा रिकी पोन्टीङ र २०१५ माइकल क्लार्कले टीमलाई विश्वकपको उपाधि दिलाएका छन् । अस्ट्रेलियन टीमले कुल ७ विश्वकप फाइनल खेल्दा पाँचमा जित निकालेको छ । तर टी-२० को खराब रेकर्ड तोड्नु उसका लागि पनि चुनौतीका रुपमा रहेको छ ।

आईसीसी इभेन्टको नकआउटमा न्युजिल्यान्डसँग हारेको छैन अस्ट्रेलिया
अस्ट्रेलिया र न्युजिल्यान्डबीच टी-२० फर्म्याटको हेड टु हेडमा अस्ट्रेलिया अघि छ । यी दुई टीमबीच कुल १४ भिडन्त हुँदा अस्ट्रेलियाले ९ खेलमा जित निकालेको छ भने न्युजिल्यान्डले ४ खेलमा जित निकालेको छ । १ खेल बराबरीमा सकिएको छ । साथै आईसीसी टुर्नामेन्टको नकआउट चरणमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाले शतप्रतिशत नतिजा निकालेको छ ।

आईसीसी इभेन्टमा क्वाटर फाइनलदेखि फाइनलसम्म यी दुई टीमबिच अहलेसम्म ४ भिडन्त भएका छन् । सबैमा अस्ट्रेलियाले जित निकालेको छ । त्यसैले आफ्नो न्युजिल्यान्डविरुद्धको बलियो विरासत जोगाउने चुनौती अस्ट्रेलियालाई रहँदा पुनः एकपटक अस्ट्रेलियाविरुद्धको खराब इतिहास तोड्ने दाउमा न्युजिल्यान्ड रहेको छ ।

फेरि पनि टस बन्ला निर्णायक ?
यूएईको पीचमा यो पटक पहिलो ब्याटिङ गर्ने टीम साँचिकै कमजोर सावित हुँदै आएका छन् । विश्वकप सुरू हुनुअघि भएको आईपीएलमा होस् या जारी टी-२० विश्वकपमा । पहिले बलिङ गर्ने अधिकांश टीमले जित निकालेका छन् । जारी विश्वकपमा अधिकांश खेल टस जित्ने टीमले पहिले फिल्डिङ गर्दै जित निकालेका छन् ।

शारजाहामा सुपर १२ मा खेलिएका १४ खेलमा केवल एक पटक पहिलो ब्याटिङ गर्ने टीमले जितको छ । त्यसो त दुवैमा पनि उस्तै छ । अधिकांश खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने टीमले जित निकालेको छ । तर फाइनल खेलमा हुने प्रेसरका कारण टससँगै प्रेसर थेग्नु पनि खेलाडीका लागि चुनौतीका रुपमा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *