१४ वर्षदेखि टी-२० विश्वकपको उपाधिको प्रतीक्षामा अस्ट्रेलिया

जब जब अस्ट्रेलियाको क्रिकेट टीमको चर्चा हुन्छ‚ तब-तब १९९० तथा २००० का दशकको याद ताजा हुन्छ । यो समयमा अस्ट्रेलियाको खेल सर्वाधिक उच्च कोटीको हुने गरेको थियो । अस्ट्रेलियाले आईसीसीका मुख्य उपाधिमा पकड जमाएकै हुन्थ्यो । एकपछि अर्को गर्दै कंगारु टीमले धेरै ट्रफी जित्यो। अस्ट्रेलिया विश्वको एकमात्र यस्तो टीम बन्यो‚ जसले ३ पटक विश्वकप जित्ने रेकर्ड बनायो ।

उक्त समय यस्तो थियो कि विपक्षी टीम अस्ट्रेलिया भन्ना साथ रक्षात्मक बनिहाल्थे । सन् १९९९,२००३, २००७ मा टीमले एकदिवसीय विश्वकप जित्दै ह्याट्रिक पूरा गर्‍यो । तर जब टी-२० फर्म्याटले क्रिकेट जगतमा पाइला राख्यो । अस्ट्रेलियाको बलियो विरासत कमजोर हुन पुग्यो । २००७ बाट सुरू भएको टी-२० विश्वकप २०१६ सम्म आइपुग्दा ६ संस्करण आयोजना भइसक्यो । अस्ट्रेलियाको टीम केवल एक पटक २००७ मा फाइनलमा पुग्यो । तर त्यसपछि भने टी-२० विश्वकपमा फेभरेट टीमका रुपमा समेत रहन सकेन । यद्यपि २०१० मा पुनः एकपटक उपाधि जित्ने लक्ष्यमा अस्ट्रेलिया रहेको थियो । तर इंग्ल्यान्डले उसको सपना पूरा हुन दिएन ।

तर आज फेरि एकपटक अस्टरेतलियालाई यो छोटो फर्म्याटको उपाधि जित्ने अवसर छ । दुबईमा भइरहेको फाइनलमा अस्ट्रेलिया उपाधिका लागि न्युजिल्यान्डविरुद्ध मैदानमा उत्रँदैछ । विश्वभरका क्रिकेट समर्थक दुई ध्रुवमा बाँडिएका छन् । यस्तोमा विश्वकपको यो फाइनल बहुप्रतिक्षित मानिएको छ।

पाँच पटकको विश्व विजेता
भलै अस्ट्रेलियाको टीमले एकपटक पनि टी-२० विश्वकप जितेको छैन‚ तर उसको नाममा सर्वाधिक एकदिवसीय विश्वकप उपाधि जितेको रेकर्ड छ । कंगारु टीमले १९८७ मा पहिलो पटक एलन बोर्डरको कप्तानीमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दे उपाधि जितेको थियो । त्यसपछि १९९९ मा स्टीव बाँ तथा २००३ र २००७ मा रिकी पोन्टीङ र २०१५ माइकल क्लार्कले टीमलाई विश्वकपको उपाधि दिलाएका छन् । अस्ट्रेलियन टीमले कुल ७ विश्वकप फाइनल खेल्दा पाँचमा जित निकालेको छ ।

मिनी विश्वकपमा पनि अस्ट्रेलियाको राज
आईसिसी च्याम्पियन्स ट्रफीलाई मिनी विश्वकपका रुपमा लिने गरिन्छ । यो ट्रफीमा पनि अस्ट्रेलियाको दबदबा रहने गरेको छ । टीमले लगातार २००६ र २००९ मा च्याम्पियन्स ट्रफीको च्याम्पियन बनेर अस्ट्रेलियाले आफ्नो रवाफ पुष्टी गर्‍यो । अब केवल अस्ट्रेलियालाई टी-२० विश्वकपको उपाधि प्रतीक्षा छ ।

२००७ मा रिकी पोन्टीङको कप्तानीमा शुरु भएको टी-२० विश्वकपको प्रतीक्षा अब एरोन फिन्चको कप्तानीसम्म पुगेको छ । त्यसैले १४ वर्षे प्रतीक्षाको अन्त गर्ने जिम्मेवारीमा रहेका फिन्चले अस्ट्रेलियाको यो प्रतीक्षा अन्त्य गर्लान् या फेरि लम्बिएला त्यो भने राति ७:४५ बाट दुबईमा हुने खेलको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *