न्यायालय खुल्नुपर्ने माग राख्दै आएका चार कानुन व्यवसायी पक्राउ (तस्बिरहरू)

काठमाडौँ । न्यायालय खोल्नुपर्ने माग राख्दै आएका वरिष्ठ अधिवक्ता एवम् उन्नत लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष स्वागत नेपालसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सेतोपट्टि बाधेर नेपाल बार एसोसिएसनको विरोध गरिरहेको उक्त समूहले प्रधान न्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलनरत कानुन व्यवसायीको विरोधमा बारकै प्राङ्गणमा अनसन बस्न खोजेपछि आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

विभिन्न कानुन व्यवसायीहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालत र नेपाल बार एसोसिएसन परिसरमा आन्दोलन गरिरहेका छन् । कानुन व्यवसायीहरूकै अर्को समूह भने न्यायपालिका स्वतःस्फूर्त रुपमा सञ्चालन हुनुपर्ने माग राख्दै सडकमा उत्रिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *