इस्टोनियालाई पराजित गर्दै बेल्जियम विश्वकपमा छनोट

काठमाडाैँ । विश्व नम्बर एक बेल्जियमले कतार विश्वकपमा स्थान पक्का गरेको छ । शनिबार इस्टोनियालाई ३-१ ले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान तय गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । समूह ई मा रहेको बेल्जियमका लागि १३औँ मिनेटमा क्रिस्टियन बेन्टेकेले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले ५३औँ मिनेटमा कारस्कोले बेल्जियमको अग्रता दोब्बर बनाए । ७० ‍औँ मिनेटमा इरिक सोर्गाले इस्टोनियाबाट एक गोल फर्काउँदै खेलमा फर्कने सङ्केत गरे ।

तर ७४औँ मिनेटमा केभिड डी ब्रुयनाको पासमा थोर्गन हाजार्डले तेस्रो गोल गर्दा बेल्जियम सहज जित निकाल्न सफल रह्यो । विश्वकपको युरोपियन छनोटमा समूह ‘इ’ मा ७ खेलबाट बेल्जियमको १९ अंक भएको छ । त्यस्तै सोही समूहमा शनिबार राती नै भएको अर्को खेलमा वेल्सले बेलारुसलाई ५-१ ले पराजित गर्दै वेल्सले पनि छनोट सम्भावना कायम राखेको छ । वेल्सले पनि समान ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहँदा चेक रिपब्लिक ११ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *