अमेरिकी सहायकमन्त्री लु नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहायकमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । अमेरिकी विदेश मन्त्रालयस्थित दक्षिण तथा मध्यएसियाली मामिलासम्बद्ध सहायकमन्त्री लु बुधबार नेपाल आउने भएका हुन् ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार, सहायकमन्त्री लुले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, उनले अन्य उच्च नेतृत्वलाई समेत भेट्ने जनाइएको छ । उनी नोभेम्बर १५ देखि १६ सम्म माल्दिभ्सको दुई दिने भ्रमण सकेर नेपाल आउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *