अदालतको विषयमा राजनीतिक हस्तक्षेप हुनु हुन्न : अध्यक्ष यादव

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अदालत भित्रको समस्या त्यहीँ भित्रबाट समाधान हुनु पर्ने  बताएका छन् । उनले अदालतमाथि राजनीतिक हस्तक्षेप हुन नहुने बताए । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले  अदालत भित्रको समस्यामा  सत्ता गठबन्धन सम्बन्धित निकायबाट नै समाधानको पक्षमा रहेको उल्लेख गरे ।

‘अहिले जुन अवस्थामा समस्या देखिएको छ त्यो समस्या त्यहीँ भित्रैबाट समाधान हुनेछ । ढिलो चाँडो न्यायालय भित्रको समस्या त्यहीँ भित्रैबाट समाधान हुन्छ ।’, उनले भने । अदालत भित्रको समस्यालाई उनले संविधानमा देखिएको त्रुटिले भएको भनेका छन् ।

उनले भने, ‘तत्काल संविधान संशोधन गर्नु नै उपयुक्त हुन्छ । संविधान संशोधनको लागि दुई तिहाइ गठबन्धनसँग छैन, त्यो सम्भावना छैन ।’ संविधान संशोधनका लागि साझा सहमतिको खाँचो रहेको अध्यक्ष यादवले औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *