मधुमेह दिवसमा चिरायुले विशेष छुट दिने

काठमाडौँ। मधुमेह दिवसको अवसरमा चिरायु नेशनल अस्पतालले मधुमेह प्याकेजमा विशेष छुट दिने घोषणा गरेको छ । विश्वव्यापी रूपमा बढ्दो मधुमेहको समस्या न्यूनीकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका सम्भावित बिरामीहरूलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले चिरायुले विशेष प्याकेज घोषणा गरेको हो ।

मधुमेह जाँचको विशेष प्याकेज मधुमेह दिवसको दिन देखी एक हप्ता सम्म खरिद गर्न सकिने अस्पतालले जनाएको छ । विश्व मधुमेह दिवस प्रत्येक नोभेम्बर १४ का दिन मनाइने गरिएको छ । यो एक हप्ता सम्म सहुलियत दरमा खरिद गर्न सकिने पनि चिरायुले जनाएको छ ।

यो हप्ता (१४ नोभेम्बर देखी २१ नोभेम्बर सम्म) मधुमेह प्याकेज लिन चाहनेले ५०९९ रुपैयाँ मात्र तिर्नु पर्ने जनाएको छ । साथै यो अवधिमा प्याकेजको पैसा तिरेमा १ महिना सम्म सोही प्याकेजमा उपचार गराउन पाइने पनि अस्पतालले जनाएको छ । यस्तै उक्त प्याकेजअन्तर्गत मधुमेह दिवसमा डा. अजय प्रधानले निःशुल्क कन्सल्टेन्ट सेवा दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *