केनको ह्याट्रिकमा इंग्ल्यान्डको सानदार जित

काठमाडौँ । इंग्ल्यान्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित निकालेको छ । घरेलु मैदानमा कप्तान ह्यारी केनको ह्याट्रिक गर्दा अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो ।

ह्यारी मगाएर र जोर्डन हेन्डरसनले पनि गोल थपे । सबै पाँच गोल पहिलो हाफमा सम्भव भएको थियो । यो जितपछि इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अब इंग्ल्यान्डलाई विश्वकपमा सोझै छनोट हुन १ अंक आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *