माछापुच्छ्रे बैंकमा सूर्यबहादुर केसीको शालिक

पोखरा । माछापुच्छ्रे बैंकको पोखरा कार्यालयमा स्वर्गीय सूर्यबहादुर केसीको शालिक अनावरण गरिएको छ । केसी बैंकका संस्थापक अध्यक्ष थिए । बैंकको नयाँबजार शाखा परिसरमा उनको अर्धकदको शालिक राखिएको हो ।

एक समारोहका बीच उनकी धर्मपत्नी प्रेमकुमारी केसीले शालिक अनावरण गरेकी हुन् । झण्डै २२ वर्षअघि पोखरालाई आर्थिक क्षेत्रको केन्द्र बनाउने दाबीसहित केसीले राजधानी बाहिर पहिलोपटक बैंकको प्रधान कार्यालय खोलेका थिए ।

केसीको विचार र भिजनलाई स्थापित गराई राख्न र उनको सम्झनामा शालिक निर्माण गरिएको उनका छोरा किरण केसीले बताए । ‘बुबाको पोखराप्रति अगाध प्रेम थियो । त्यही प्रेमका कारण उहाँले धेरै उद्योगहरू पोखरा केन्द्रित गरेर खोल्नुभएको छ,’ केसी भन्छन्, ‘हामी त्यसलाई जीवित राख्छौँ । अझै विस्तार गर्छौँ ।’

केसी नेपाली कांग्रेसबाट प्रतिनिधिसभाकाे समानुपातिक सांसद थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *