बर्सेनि खुम्चिँदै ऐतिहासिक कार्तिक नाच

काठमाडौँ । यस वर्ष कार्तिक नाच ८ दिन मात्रै प्रदर्शन गरिने भएको छ । परापूर्वकालदेखि कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा केही दिन मात्र मनाउन थालिएको छ ।

विगतका केही वर्षमा १० देखि १२ दिनसम्म देखाइने गरेकोमा अघिल्लो वर्ष कोरोना महामारीका कारण २ दिन मात्रै देखाइएको थियो ।  यस वर्ष पनि करिब ८ दिनमै नाच बन्द गरिने भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले मकालुखबरलाई बताए । कोरोना महामारीको जोखिम कायमै रहेको र नाच्ने मान्छेहरूलाई प्रशिक्षण गर्न समेत नपाइएकाले नाच ८ दिनमै स्थगित गर्नुपरेको अध्यक्षले चित्रकार बताउँछन् ।

कार्तिक नाच स्थगित हुनुको अर्को कारण आर्थिक समस्या रहेको पनि उनले उल्लेख गरे । ललितपुर महानगरपालिका र विभिन्न संस्थाहरूले कार्तिक नाचमा आवश्यक रकम उपलब्ध गराउने गरेका छन् ।  यस्तै चन्दा र ब्याज रकमबाट समेत आर्थिक व्यवस्थापन गर्ने गरिन्छ ।

कार्तिक नाचमा संलग्न कलाकार तथा वाद्यवादलाई पारिश्रमिक  लगायतका कार्यमा रकम खर्च छुट्याइन्छ । सरकारको उदासीनता , खर्च तथा कलाकारहरुको प्रशिक्षणका अभावका कारण कार्तिक नाचको समय बर्सेनि साँघुरिँदै गएको सरोकारवाला बताउँछन् ।

  • याे पनि

                 पाटनको ऐतिहासिक कार्तिक नाच सुरु (तस्बिरहरू)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *